नन्दिनी दुग्ध उत्पादक सहकारीमा चोरी

भदौ २७, चितवन । चितवनको खैरहनी नगरपालिका १० शान्तिबजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा चोरी भएको छ ।   

विहीवार राति संस्थाको झ्यालको ग्रिल झिकेर करिव साँढे २ लाख रुपैयाँ चोरी भएको संस्थाका अध्यक्ष जनकराज थपलियाले जानकारी दिए । दुध विक्री गर्ने कोठाको ग्रिल निकालेपछि भित्र रहेका ढोकाहरुको ताला फोडेर व्यवस्थापकको कोठामा रहेको पैसा चोरेको उनले बताए ।     

थपलियाका अनुसार किसानलाई वितरण गर्न ल्याएको र दुध विक्रीबाट संकलन भएको पैसा चोरी भएको हो । चोरले संस्थामा रहेको सीसी क्यामेराको हार्डडिक्समा पानी हालिदिएका थिए । शुक्रबार विहान दुध संकलनका लागि कर्मचारी संस्थामा पुगेपछि चोरी भएको थाहा भएको थियो । दुई वर्षअघि पनि सो संस्थामा चोरी भएको थियो । चोरीको घटनाका बारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *