२५ औं जनयुद्ध दिवसमा नेकपा दुहबी नगर समितिले ग-यो बृहत रक्तदान

फागुन २, सुनसरी । २५ औं जनयुद्ध दिवसको अवसर पारेर नेकपा दुहबी नगर समितिले बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिरामीलाई सहजै रगत उपलब्ध होस् भन्ने उदेश्यका साथ गरिएको रक्तदान कार्यक्रममा ३८ जनाले रगतदान गरेका थिए । 

नेकपा दुहबी नगर समिति स्वास्थ बिभाग प्रमुख गोबिन्द लुईटेलले रक्त सञ्चार केन्द्रमा रगतको अभाव हुँदा अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचार प्रभावित नहोस् भन्ने उदेश्यले रक्तदानको कार्यक्रमको आयोजना गरिएको बताए । दुहबी नगरपालिकाको भवन अगाडि आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमा स्थानीयले रगतदान गरेका हुन् । 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य भगवती चौधरी प्रमुख अतिथि थिईन् । नेकपा दुहबी नगर समितिको आयोजना, गोल्डेन अस्पताल बिराटनगरको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दुहबी नगरपालिका १, ३ र ४ का वडाध्यक्ष लगायत स्थानीय नेकपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको  नेकपा दुहबी नगर कमिटी ईन्चार्ज राजन चौधरीले जानकारी दिए । 

तस्विरहरू : प्रेम गिरी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *