कोरोनाकाे उपचारमा आवश्यक सामग्री खरिद गर्दा स्वास्थ्यमन्त्रि कै संलग्नतामा करोडौं घोटालाको शंका !

चैत्र १५, काठमाडौं । कोरोना भाइरस (कोविड १९) नियन्त्रणको नाममा ठूलो मात्रामा अत्यावश्यक वस्तुहरु विना प्रतिष्पर्धा खरिद गर्ने तयारी गरिएको छ । कोरोना संक्रमण सुरु भएको ३ महिनासम्म सरकारले आवश्यक किट्स, मास्क, पीपीई, ग्लोब लगायत अत्यावश्यक मेडिकल सामग्री खरिद नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अहिले आएर ती सामग्री खरिदका लागि हतारिएको छ ।   

मन्त्रालयले नेपालमा चार जना कोरोना संक्रमित बिरामी फेलापरेपछि यसले महामारीको रुप लिनसक्ने आंकलन गर्दै चीनबाट यी सामान खरिद गर्ने तयारी गरेको बुझिएको छ । हिजो शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लायर्सहरुको बैठकै राखेका थिए । उक्त बैठकमा मन्त्री ढकालले हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितलगायतलाई बोलाएका थिए ।  

तर बैठकमा मन्त्रीले हस्पिटेकका विशाल पण्डितले मात्र पीपीई, किड्स, मास्क जस्ता मेडिकल सामग्री ल्याउन सक्ने भन्दै अरुको कुरै नसुनेपनि अन्य सप्लायर्सहरु तिन छक्क परे । स्रोतका अनुसार विशाल पण्डितमार्फत ती अत्यावश्यक वस्तुहरु लिइएको हो  । उक्त सामग्री लिजका लागि नेपाल एयरलाइन्सको जहाज गोञ्जाउका लागि उडिसकेको छ ।   

विशाल पण्डितको हस्पिटेक इन्टरप्राइजेजले स्वास्थ्य सेवा विभागमार्फत सामान टेण्डरबाट ती सामान ल्याइने भएपनि २४ घण्टाको सूचनामा नेगोसियसन गरि कम्पनीहरु छनौट गरिएको हो । उक्त अत्यावश्यक सामग्री हस्पिटेक सहित ओम्निटेक र एक चिनियाँ कम्पनीसँग सम्झौता अनुसार आउन लागेको स्रोतको दावी छ । ओम्निटेक तुलहरी सिंह र सुमन सिंहको कम्पनी हो । 

मन्त्रालयले करिब १ अर्ब ५० करोड रुपैयाँमा पीपीई, किड्स लगायतका मेडिकल सामग्री खरिद गरेको हो । विशाल पण्डितले आफ्नो संस्था हस्पिटेकबाट सामग्री खरिद गर्दा विवादमा पर्ने देखेपछि उनकै मध्यस्तता र सक्रियतामा अन्य ब्यापारीको फर्मबाट सप्लाई गर्ने गरी ओम्नीटेक र एक चिनियाँ कम्पनी छानिएको स्रोतको भनाई छ ।   

स्वास्थ्य मन्त्रालयमा अहिले मन्त्री ढकालले विशाल पण्डितकै सल्लाहमा काम गर्ने गरेका छन् । ‘सबै मेडिकल सामानको ठेक्का पण्डितकै योजनामा आउन लागेको हो । उसपटक उनले आफ्नो कम्पनीबाट काम गरेका छैनन् ।’ मन्त्रालय स्रोत भन्दछ । मन्त्रालयका स्रोतका अनुसार ५ हजारमा पाइने पीपीईलाई पण्डितले १५ हजार रुपैयाँ दररेट राखेका छन् ।   

कोरोना भाइरस संक्रमण बढ्ने आशंकासँगै सरकारले समय छोटो भएकाले बोलपत्र नपाएपनि कोटेसनको आधारमा अन्य सप्लायर्सहरुले एक सेट पीपीई ५ हजार रुपैयाँभन्दा कम मूल्यमा दिन तयार भएपनि मन्त्री ढकालले अरुको कोटेसनको अध्ययन नै नगरेको बताइएको छ ।   

पीपीई खरिद प्रक्रियामा करोडौंको चलखेल भइरहेको मन्त्रालयका एक कर्मचारीले बताए । ‘यो प्रक्रिया ३ महिना अगाडी नै गर्नुपर्दथ्यो । मन्त्रीले कोरोना भाइरसलाई हल्का रुपमा लिए । अनी अहिले अन्तिम समयमा हतारहतार टेण्डर नै नगरी खरिद गर्ने प्रक्रिया अपनाइयो ।’ ती कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।   

मन्त्रालय स्रोतका अनुसार १ हजार ५ सय पर्ने थर्मोमिटर गनलाई ७ हजारमा खरिद गर्न लागेको छ । १ रुपैयाँ ४० पैसा पर्ने सामान्य मास्कलाई १० रुपैयाँका दरले खरिद गर्न लागिएको छ । कोटेसनका आधारमा खरिद गर्न लागिएको सामानमा तेब्बर मुनाफा राखि विक्रि गर्ने हस्पिटेकको रणनीति छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *