‘म पद्धति र प्रणालीमा विश्वास गर्ने मान्छे हुँ’

काठमाडौ, साउन १ । प्रधानन्यायाधीशमा प्रस्तावित भएका गोपाल पराजुलीले प्रधानन्यायाधीश पद कुनै बहादुरी देखाउने पद नभएको आलोचना गरेका छन् ।
आइतबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा बोल्दै उनले प्रधानन्यायाधीश पद कुनै हिरोइज्म गर्ने खेल नभएको बताएका हुन् । उनले पद्दती र प्रणालीमा काम गर्नुपर्ने जाहेर गरेका थिए । त्यसैले ‘म पद्धति र प्रणालीमा विश्वास गर्ने मान्छे हुँ’उनले भने ।

उनले ३९ बुँदे कार्ययोजना पेश गर्दै न्यायालयमा ‘मुस्कान सहितको सेवा सुरु गर्ने जानकारी गराए । ‘अहिले गर्नुपर्ने काम भोलि भोलि भन्ने अवस्था छ । यो नीतिलाई त्यागेर मैले मुस्कान सहितको सेवा अघि सारेको छु ।’ उनले एक समय नेपाल प्रहरीले मुस्कान सहितको सेवा सुरु गरेको भएपनि प्रभावकारी नभएको बताए ।

आफू प्रधानन्यायाधीश भएपछि न्यायालयभित्रका विकृति र विसंगति अन्त्य गर्ने बताएका छन् । उनले आचार संहिता कार्यान्वयन र मूल्यांकन कार्ययोजनामा उल्लेख गरेका छन् । आजको सुनुवाईपछि समितिले प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *