५७ लाख ७९ हजार अवैध रुपैयाँसहित एक भारतीय पक्राउ

जेठ २९, काठमाडौं । स्रोत नखुलेको अवैध ५७ लाख बढी नगदसहित एक भारतीय नागरिक बाराबाट पक्राउ परेका छन्। 

बाराको सुवर्ण गाउँपालिका ७ सनफुलवास्थित दशगजा क्षेत्रबाट ५७ लाख ७९ हजार ४९० नेपाली रुपैयाँसहित भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा ११ पिपरा टोल बस्ने २४ वर्षीय वृजकिशोर कुमार पक्राउ परेका हुन् । 

 

null

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलबरिया बाराबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले चेकजाँचका क्रममा शंकास्पद लागेपछि सोमबार बेलुका उनलाई नियन्त्रणमा लिएको हो । 

उनी बिआर ०५ एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार थिए । 

उनलाई बरामद नगदसहित थप अनुसान्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *