चितुवा पाल्न र शिकार गर्न सिकाउने ‘चित्तेवान’, यसरी लिन्थे नियन्त्रणमा
फागुन ५, काठमाडौं । हालसालै भारतको सर्वोच्च अदालतले भारतमा चितुवा ल्याउने अनुमति दिएको छ । योसँगै अब भारतले अफ्रिकाबाट चितुवा ल्याउन सक्छ ।
भारतमा सदियौँदेखि रह्यो चितुवा तर २० औँ शताब्दीमा पूर्ण रुपमा लोप भयो । तर अब सर्वोच्च अदालतको अनुमतिपछि भारतीयले फेरि चितुवा देख्न पाउने छन् ।
मुगलकालदेखि भारतीय शासक चितुवा पाल्न शौखिन थिए र उनीहरु शिकारको समय त्यसको प्रयोग गर्थे । कोल्हापुर, बडौदा, भावनगर जस्ता राज्य चितुवा पाल्नमा अगाडी रह्यो । ऐतिहासिक दस्तावेज बताउँछ कि बादशाह अकबरसँग कयौँ चितुवा थिए ।
यस्ता कयौँ पेन्टिङहरु छन्, जसमा त्यस कालमा शिकार गरिँदै गरेको देखाइएको छ । यस पेन्टिङहरुमा स्पष्टसँग चितुवा देख्न सकिन्छ ।
कोल्हापुर रियासतमा छत्रपति साहू महाराज पश्चात राजाराम महाराजले चितुवालाई शिकारका लागि प्रयोग गर्ने सोखलाई प्रोत्साहन दिएका थिए ।
भावनगर राजा भावसिंहजी महाराज साहूसँग अध्ययन गर्थे । एक पटक साहू महाराजले देखे कि कसरी भावनगरमा शिकारका लागि चितुवा प्रयोग गरिन्छ । जानकारीपछि उनले पनि यस्तै चितुवा कोल्हापुरमा ल्याउने र शिकारका लागि प्रयोग गर्ने फैसला गरे ।
‘आठवणीतील शिकार’ (एक यादगार शिकार) किताब लेख्ने इतिहासकार यशोधन जोशी बताउँछन् कि कोल्हापुरबाट फर्किएपछि उनले आफ्नो शिकारखानाबाट मानिसलाई अफ्रिका पठाए ।
कोल्हापुरमा एक समुदाय थिए, जो चितुवा पाल्न र तीनीहरुलाई शिकार गर्न सिकाउन माहिर थिए । यस समुदायका मानिसलाई ‘चित्तेवान’ भनिन्थ्यो ।
यशोधनका अनुसार स्वतन्त्र हुनअघि केही प्रसिद्ध चित्तेवान थिए, जस्तो इस्माइल चित्तेवान र ढोंडी लिम्बाजी पाटिल । १९३६ मा कोल्हापुर आएका टैक्सिडर्मिस्ट बोठा वैन इन्जनले लेखेका छन् कि त्यस समय कोल्हापुरमा ३५ चितुवा थिए ।
इस्माइल चित्तेवानका नाति सलिम जमादार (चित्तेवान) ले आफ्नो हजुरबुवाका बारेमा बताए ।
उनले भने, ‘हाम्रो हजुरबुवा र जिजुबुवा चितुवा पाल्न सिकाउँथे । हामी चितुवा समात्न सिकाउँथे । हामी चितुवा समाउँथ्यौँ र त्यसलाई पाल्थ्यौँ । त्यसैले हामीलाई चित्ते पारधी भन्थे । छत्रपति साहूले यस कलालाई देखे र चित्ते पारधी समुदायको शाही संरक्षण प्रदान गरे ।’
उनले थपे, ‘राजाराम महाराजलाई शिकार गर्न मन पथ्र्यो । एक चित्तेखाना नामको ठाउँ पनि थियो जहाँ चितुवा पालिन्थ्यो । त्यो ठाउँ त्यहाँ थियो जहाँ अहिले कोल्हापुर बस स्ट्याण्ड नजिकै विक्रम हाईस्कूल बनेको छ ।’
यसरी पालिन्थ्यो चितुवा
जब कुनै चितुवालाई समाउथे तब चितुवा रिसमा हुन्थ्यो । ऊ पिजडाबाट भाग्ने कोशिस गथ्र्यो र चित्तेवानले त्यस चितुवालाई शान्त पार्नु पथ्र्यो ।
यस्तै केही शिकार अभियानमा हिस्सा लिएका लीलावती जाधवले त्यस समयको केही याद ताजा पारे । उनी भन्छन्– ‘भन्थ्यिो कि चितुवाको कम्मरमा एक धागो या पट्टी बाँधेर शान्त पार्न सकिन्थ्यो । लीलावती जाधव अन्तिम व्यक्ति हुन् जसले त्यस्तो शिकार अभियानमा भाग लिए र उनीहरूलाई नजिकबाट नियाले ।
‘आठवणीतील शिकार’ किताब मा लीलावती जाधवसँगको कुराकानीमा आधारित संस्मरण उल्लेख गरिएको छ ।
लीलावती जाधवले उक्त किताबमा भनेका छन्– ‘त्यस समय चितुवालाई नरिवलको डोरीले बनेको ओछ्यानमा सुताइन्थ्यो । तीनीहरुलाई काठको चम्चाले खाना खुवाइन्थ्यो । यस कामलाई ‘ताम्बा देणे’ भन्थ्यिो । चितुवा केही शान्त भएपछि उसलाई एक काठको खम्बामा डोरीले बाँधेर राखिन्थ्यो । यसलाई ‘ठोकला देणे’ भनिन्थ्यो ।’
चितुवालाई खाना दिनुअघि केही मानिसहरु कालो रंगको कम्बल ओढेर उसको अगाडीबाट भाग्थे ताकि चितुवालाई कालो रंग र त्यसभित्रको मासुबारे ज्ञान होस् । यस ट्रिकको प्रयोग हरिणलाई समात्नका लागि गरिन्थ्यो । जब चितुवा कालो कम्बलले ढाकिएको मान्छेको पछि भाग्थ्यो तब ऊ शिकारको लागि तयार भएको मानिन्थ्यो ।
कोल्हापुर राज्यमा शिकारका लागि चितुवालाई घोडा गाडीमा राखिन्थ्यो । जब हरिणको झुण्ड देखिन्थ्यो तब चितुवा घोडा गाडीबाट दगुरेर हरिणको शिकार गथ्र्यो । शिकार हुने समयसम्म गाडी त्यो ठाउँसम्म पुगिसक्थ्यो र चित्तेवान चितुवालाई शिकारबाट टाढा लैजान्थे र तीनीहरुको कम्मर र घाँटी बाँध्थे ।