आफ्नो निर्वाचन क्षेत्रमा नेता नेपालको राहत, पठाए १६ सय प्याकेट चामल

वैशाख ६, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सक्रियतामा काठमाडौँ २ मा राहत सामग्री पुर्‍याइएको छ । नेता नेपालको पहलमा १६ सय प्याकेट चामलसहित तेल चिउरालगायत सामान राहतस्वरुप पुर्‍याइएको हो ।   

सो क्षेत्रका सांसदसमेत रहेका नेता नेपालले व्यापारिक घराना तथा समाजसेवीहरुको सहयोगमा काठमाडौँ २ भित्र पर्ने स्थानीय तह तथा महानगरका वडाहरुमा राहत वितरणका लागि खाद्यान्न पठाएका हुन् । 

शंखरापुर नरपालिकामा पाँच सय, कागेश्वरी मनोहरा नगपालिकामा तीन सय, महानगरको ३२ वडाका लागि पाँच सय प्याकेट चामल पठाइएको नेता नेपालको सचिवालयले जनाएको छ । त्यस्तै महानगरको ९ नम्बर वडाका लागि तीन सय प्याकेट चामल पठाइएको छ । 

शंखरपुर र ९ नम्बर वडाका लागि मारवाडी सेवा समाजले राहत उपलब्ध गराएको हो भने कागेश्वरी र ३२ वडाका लागि विराटनगरका सुरेशकुमार राठी र सुनसरीका सुमन भट्टराईले सहयोग गरेका हुन् । राहत प्याकेटमा १३ किलो चामल, सन् फ्लोर तेल, मुसुरोको दाल, साबुन, आलु, चिउरालगायत खाद्य सामग्री रहेको शंखरापुर नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *