पटका पट्काउँदै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला है ?

कात्तिक,१८ काठमाडौँ । दिपावलीलाई लक्षीत गरेर प्रहरी प्रशासनले शान्ती सुरक्षामा कडाइ गर्ने भएको छ । 

दिपावलीको मौका छोपेर विभिन्न अपराधिक घट्ना घट्न सक्ने भन्दै प्रहरीले उपत्यकामा कडाइ गर्न लागेको हो । विशेषगरी चाडपर्वको समयमा बाक्लो बस्ती तथा सुन चाँदी पसलहरुमा चोरीको घट्ना बढ्ने हुनाले यो वर्ष जनधनलाई नै प्राथमिकता राखिएको प्रहरीले जनाएको छ । 

कुनै पनि अप्रिय घट्ना नघटोस भनेर देउसी भैलो जस्ता साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नेहरुको लागि निश्चित समय र सिमा तोकेर विभिन्न स्थानमा सक्रिय रुपमा प्रहरी परिचालन गरिएको एसएसपी पुजा सिहंले बताइन् । 

null

चाडबाडलाई लक्षित गरेर सुरक्षा व्यवस्थापनका लागि ३५०० प्रहरी परिचालन गरिएको डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

तिहारको समयमा पट्का पट्काउन निषेध गरिएको छ । यदि कसैले घर वा अन्य सार्वजनिक स्थलमा पड्काएको जानकारी आएमा तुरुन्त पक्राउ गरी कारवाही गर्ने प्रहरीले जनाएको छ । यस वर्ष देउसी भैलो बेलुका १० बजे सम्म मात्रै खेल्न पाउने डिएसपी बोगटीले बताए । 

जुवातास खेल्न कानुनले निषेधित गरेको हुनाले कुनै पनि व्यक्तीलाई जुवातास नखेल्नको लागि प्रहरीले नागरीकहरु संग आग्रह गरेको छ । चार्डपर्वलाई थप व्यवस्थित गर्न साझा पोसाकमा, मोटरसाईकलमा , साईकलमा, पैदल गस्ति र मोवाइल गस्ति गरेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *