आजबाट नोबेल क्विज मेनिया–६ एसियालीस्तरको


काठमाडौँ, साउन १ । नोबेल क्विज मेनिया (हाजिरीजवाफ प्रतियोगिता) सिजन–६ एसियाको पहिलो छनौट प्रतियोगिता आज आइतबारबाट सुरु भएको छ । ललितपुरको भैसेपाटीस्थितएक स्टुडियोमा उक्त छनौट प्रतियोगिता सञ्चालन गरिएको हो ।
नेपाली चलचित्रका महानायक राजेश हमालले कार्यक्रमको सञ्चालन गर्ने उक्त कार्यक्रम यसपटदेखि एसियालीस्तरको बनाइएको कार्यक्रम निर्माता हरि पोख्रेलले बताए । नोबेल क्विज मेनियामा विभिन्न जिल्लाका २४ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् । प्रतियोगिता ६ महिनासम्म सञ्चालन हुने भएको छ ।
एक्रेटिभ मिडिया प्रा.लि.ले उक्त कार्यक्रम विगत ६ वर्षदेखि सुरु गर्दै आएको कार्यक्रमका निर्माता पोख्रेलले जानकारी गराए ।कार्यक्रमको मुख्य प्रायोजक नोबेल मेडिकल कलेज विराटनगर रहेको छ । आजको एसिया छनौट प्रतियोगिताका लागि चार विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
नेपालमा छनौट प्रक्रिया भएसँगै एसियाली राष्ट्रमा विद्यार्थीहरूको छनौट गरिने निर्माता पोख्रेलले जानकारी दिए । छनौट प्रतियोगितपश्चात् अन्तिम चरणका कार्यक्रम नेपालमै हुनेछन् ।
नोबेल क्विज मेनिया प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले पाँच हजार डलर नगद प्राप्त गर्नेछ भने द्वितिय र तृतियलाई क्रमशः तीन हजार र दुई हजार डलर प्रदान गरिनेछ ।
कार्यक्रमका प्रायोजकहरुमा इस्लिङटन कलेज, श्रीनाथ कलेक्सन, श्री बैंककटेश्वर कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी,एनआइसी एसिया बैंंक, हिरो बाइक,मर्सि एजुकेशन, राइट पाथ करिअर काउन्सिलिङ लगायत रहेका छन् । त्यस्तै, मिडिया पार्टनरमा मकालु खबर डट कम रहेको छ ।
उक्त प्रतियोगिताका लागि एसियाबाट पाँच दर्जन भन्दा बढी विद्यालयले सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *