विद्यार्थीको अनुकरणीय काम, शिक्षकका लागि घर वनाई दिदैं
साउन १, चितवन । खैरहनी नगरपालिका १ स्थित कंकाली माध्यामिक बिद्यालयमा लामो समय अध्यापन गराएका शिक्षक पशुपतिलाल कर्णका लागी बिद्यालयका पुर्व बिद्यार्थीहरुले घर निर्माण सुरु गरेका छन् ।
कंकाली मावि पूर्व विद्यार्थी समाजले गुरु आवासको रुपमा घर निर्माण गर्न लागेको हो । घरको बुधबार जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले शिलान्यास गरे । आफ्नो गुरुको लागी बिद्यार्थीहरुले सुरु गरेको यो अभियान अनुकरणीय रहेको प्रमुख डल्लाकोटीले बताए ।
null
कंकाली मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले ३ महिना भित्र घर निर्माण सम्पन्न गर्ने गरि काम थालिएको वताए । घर निर्माणका लागि विद्यार्थीले रकम संकलन सुरु गरेका छन् । करिव २० लाख लागतमा घर निर्माण गरिने अध्यक्ष लम्सालले वताए । हालसम्म पुर्व विद्यार्थीहरुको तर्फबाट ७ लाख ३७ हजारभन्दा बढि सहयोग संकलन भइसकेको समाजका सचिव रमेश बुर्लाकोटिले जानकारि दिए । पुर्व बिद्यार्थी नारद बुर्लाकोटिले २ लाख १ हजार, अमित डल्लकोटिले ५५ हजार ५ सय, अर्जुन लम्सालले ५५ हजार ५ सय, मित्रमणि कँडेलले ५१ हजार लगायत पूर्व विद्यार्थीले सहयोग गरेको उनले बताए ।
गायक मिलन लामा, मनोज महतो लगायतले पनि यो अभियानमा सहयोग गरेका छन । ६८ बर्षीय कर्णले बि. स. २०२७ साल देखि २०६९ सालसम्म कंकाली माविमा अध्यापन गराएका थिए । हाल रिटायर्ड उनी विद्यालयकै बिकास र गुणस्तरिय शिक्षा प्रदानका लागि खटिएका छन । उनले २०५५ सालमा विद्यालय अगाडि ७ धुर जग्गा खरिद गरेका थिए ।
जग्गा खरिद गरेपनि हालसम्म घर निर्माण गर्न नसकेका उनलाई आफैले पढाएको विद्यार्थीहरुले घर बनाइदिने भएपछि खुसी महसुस गरेको वताए । उनी श्रीमती देवी कर्णसँगै भाडाको कोठामा बस्दै आएका छन । उनको एक छोरा र एक छोरी छन । घर शिलान्यास कार्यक्रममा खैरहनी १ का वडा अध्यक्ष भुमि प्रसाद कँडेल, कंकाली मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राज ढुङगाना लगायतले पूर्व विद्यार्थीले सुरु गरेको कामको प्रसंसा गर्दै सवैले सहयोग गर्नु पर्ने वताए ।