राजस्व छलीमा ४२ फर्मविरुद्ध मुद्दा, ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको बिगो दावी
मंसिर २५, काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने ४२ वटा फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ ।
राजस्व अनुसन्धान विभागले चालु वर्षको पाँच महिनामा ४२ फर्मविरुद्ध राजस्व छलीमा मुद्दा दायर गरेको हाे।
null
विभागले मुद्दा दर्ता गरेका फर्मका ७६ जनालाई प्रतिवादी बनाएर ४२ फर्मसँग पाँच अर्ब ७७ करोड १७ करोड ६ हजार १३६ रुपैयाँ बिगो दाबी गरेको छ । मुद्दा दायर गरेका ७६ प्रतिवादीमध्ये ८ सरकारी कर्मचारी रहेको विभागले जनाएको छ ।
राज्यलाई हानी पुग्नेगरी भन्सारमा लापरबाही गरेको तथा राजस्व चुहावटको आरोप लगाउँदै राजस्व चुहावट ऐन (अनुसन्धान तथा नियन्त्रण), २०५२ बमोजिम अदालतमा मुद्दा दायर गरेको हो । विभागले मुद्दा दर्ता गरेकामध्ये ४२ फर्मसँग तीन अर्ब २७ करोड ५२ लाख ४६ हजार ६८३ रुपैयाँ धरौटी रकम माग गरेको छ। विभागको माग अनुसार २२ करोड ५७ लाख ९८ हजार १३९ धरौटी बापतको दाखिला भएको विभागले जनाएको छ।
विभागले एडिडास कम्पनीको सामान पैठारी गर्ने मितेरी इन्टरनेशनल स्थायी लेखा नं ६०३०२५९६३ ले ७५ करोड ९६ लाख रुपैयाँ राजश्व छली गरेको उल्लेख गरेको छ ।
त्यस्तै एडिडासको सामानमा राजश्व छली गर्नमा संलग्न रहेका रञ्जन त्रिपाठीलाई ७ करोड रुपैयाँको विगो दावीसहित १५ करोडको जरिवाना ३ वर्षको कैद माग गरिएको छ।
राजस्व अनुसन्धान विभागले सुमन श्रेष्ठ तथा रसुवा भन्सार कार्यालयमा खटिएका भन्सार अधिकृत धिरजकुमार थापा र पवित्रकुमार खड्कालाई भने १५ करोड जरिवानासहित ३ वर्षको कैद सजाय माग गरेको छ । राज्यप्रतिकाे दायित्व पूरा नगरेका कारण थापा र खड्कालार्इ विभागले उक्त सजाय माग गरकाे हाे ।
त्यस्तै विभागले सुभान इन्टरनेसनलाई १८ लाख बिगो दाबी गरेको छ । त्यसमा संलग्न भरतबहादुर अर्याल, कृष्णबहादुर श्रेष्ठ, सुशील पाण्डे र सावित्री श्रेष्ठलाई ३ वर्षको कैद सजाय माग भएको हो।
त्यस्तै छिरिङ ङटुप लामा र लोप्साङ तेन्गेले १० किलो सुन अबैध रुपमा आयत गरेकोमा ५४ करोड रुपैयाँको बिगो र तीन वर्ष कैद सजाय माग भएको छ।
त्यस्तै विभागले साइन ट्रेडर्सका प्रोपाइटर भरत अधिकारीलाई विगो, सजाय र जरिवानासहित२ करोड ५८ लाख ६४ हजार ७ सय ५२ रुपैयाँ माग गरेको माग गरेको छ । अधिकारीले लुम्बिनी पान मसला उद्योग, कृष्णनगरबाट उत्पादित भनिएका अन्तः शुल्क स्टिकर नलगाई अन्तः शुल्क छली भएका पानकिङ् गुट्खाको बिक्री वितरण तथा ओसारपसार गरेको आरोप छ ।