प्रभु बैंक र जावलाखेल युवा क्लब विच मुख्य प्रायोजक सम्झौता सम्बन्धी

मंसिर २९, काठमाडौं । प्रभु बैंक लिमिटेड र जावलाखेल युवा क्लब बिच मुख्य प्रायोजक सम्बन्धी सम्झौता भएको छ ।   

आज (आइतबार) बिहान एक कार्यक्रमका प्रभु बैंक र ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब बिच मुख्य प्रायोजक हुने सम्झौता भएको हो ।   

ललितपुर जिल्ला झम्सिखेलस्थित होटेल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका तर्फबाट अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरे ।   

जावलाखेल युवा क्लबसँगको सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ ।   

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी २५ लाख नगद उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ ।   

जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले प्रभु बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत् सञ्चालन गर्नेछ ।   

जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक लेखेको जर्सी लगाउने छन् ।   

जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंकको विज्ञापन प्रशारण गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *