कोरोनाबाट रुसमा पहिलो पटक एकको मृत्यु
मकालु खबर
२०७६ चैत ६ गते
फाेटाेः गुगल
चैत्र ६, मस्को । रुसमा कोरोनाभाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ । रुसी अधिकारीहरुका अनुसार ७९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । उनी निमोनिया लगायतका अन्य स्वास्थ्य समस्याबाट समेत ग्रसित थिइन् ।
पाँच दिन अघि उनी अस्पतालमा भर्ना भएको बताइएको छ । रुसको राष्ट्रिय कोरोनाभाइरस रेस्पोन्स सेन्टरले जनाए अनुसार सुरुमा ती महिला एउटा निजी क्लिनिकमा पुगेकी थिइन् । त्यहाँबाट विशेष सुविधा भएको अस्पतालमा उनको कोरोना संक्रमण परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएपछि उनी चिकित्सककै निगरानीमा थिइन् ।
रुसमा हाल कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रुसले विदेशी नागरिकको आगमनमा रोक लगाएको छ भने सार्वजनिक स्थलमा भेला तथा समारोह गर्न पनि प्रतिबन्ध लगाएको छ । एजेन्सी
मकालु खबर
२०७६ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित