अपहरणकाे नाटक गर्दै आफ्नै बाबुसँग फिरौती रकम लिने छोरा पक्राउ

फागुन २८, विराटनगर । अपहरणमा परेको भन्दै आफ्नै बाबुसँग फिरौती रकम माग्ने छोरा पक्राउ परेका छन् । 

बुढिगंगा गाँउपालिका ३ बासबारीका २४ वर्षिय मुकेश कुमार महतोलाई २६ गते सोमबार सुनसरीको भण्टाबारीबाट नियन्त्रणमा लिइएको आज सार्वजनिक गर्ने क्रममा प्रहरीले जनाएको छ । 

फागुन २३ गते शुक्रबार १० बजेतिर घरबाट हिँडेका मुकेशले करिब ११ बजेतिर आफू अपहरणमा परेको र अपहरणकारीले ३० लाख रुपैयाँ फिरौती मागेको भन्दै बुवा शिवनारायण महतोलाई फोन गरेका थिए । 

फिरौती रकम नदिएमा छोराको ज्यान मार्ने धम्की आएपछि शिवनारायणले २१ लाख रुपैयाँ फिरौती रकम अपहरणकारीलाई दिएका थिए । 

घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङले मुकेशलाई नियन्त्रणमा लिएसँगै अपहरणको नाटक गरेको खुलेको हो । मुकेश पक्राउ परेसँगै फिरौती रकम उनैको घरमा काम गर्ने २५ वर्षीय कृष्णा राजवंशी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिए ।  

प्रवक्ता राईका अनुसार फिरौतीको रकममध्ये एक लाख १० हजार सापटी चलाए वापत आकाश यादवलाई दिइएको, २५ हजार स्यार्सेलिका आयल डिस्ट्रीबयूर्टसलाई डिजेलको रकम दिएको, १० हजार लाहान १ की २० वर्षिया प्रिती चौधरीलाई दिएको र २ हजार कृष्ण राजबंशलले खर्च गरेको बताइएको छ । बाँकी १६ लाख ५३ लाखको चेक बरामद भएको छ । 

मुकेशको वयान अनुसार एक वर्ष अगाडी ५ लाख रुपैँया सापट लिदा मिटर ब्याजका कारण १६ लाख परिवारले तिर्नु परेको थियो र अर्को ५० लाखको समेत कागज गरेको र नतिरेमाा ज्यान मार्ने धम्की आएकापछि बुवासँग नै पैसा असुल्न अपहरणको नाटक गरिएको हो । 

घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता राईले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *