नायकले समलिङ्गीको भूमिका खेल्दा विवाह प्रस्तावकाे ओईरो

 

जेठ ३१, भारत ।  वेब सिरिज ‘मेड इन हेभन’ मा नायक अर्जुन माथुरको अभिनयको निकै प्रशंसा गरिएको थियो । उक्त सिरिजमा अर्जुनले समलिङ्गीको भूमिका निभाएका थिए । सुरुवाती करियरमा अर्जुनले फिल्म ‘आई एम’ र ‘माइग्रेशन’ मा पनि समलिङ्गीको भूमिका निभाएका थिए । 

यस्ता भूमिकाका कारण अर्जुन माथुरले वास्तविक जीवनमा पनि अचम्मका परिस्थितीको सामना गर्नुपरिरहेको छ । एक अन्तरवार्तामा अर्जुन माथुरले खुलासा गरे, ‘सोसल मिडियामा मानिसहरु मेरो यौन अभिविन्यासबारे प्रश्न सोध्छन् । पुरुष प्रशंसकले मलाई विभिन्न मेसेज पठाउँछन्, यीमध्ये केही अश्लिल मेसेज पनि हुन्छन् । कतिले मलाई विवाहको प्रस्ताव पनि पठाउँछन् ।’ 

null

 

उनले थपे, ‘अहिलेसम्म कसैले पनि मेरो अगाडि मेरो यौनिकताबारे प्रश्न सोधेका छैनन् । मैले फिल्म आई एम (सन् २०११) र माइग्रेशन (सन् २००७) मा पनि दुईपटक समलिङ्गीको भूमिका निभाएको थिएँ । तर इन्स्टाग्राममा मानिसहरु के म साँच्चैको समलिङ्गी हुँ भनेर जान्न चाहन्छन् । मेड इन हेवनपछि मलाई अश्लिल मेसेज आउँछ । कतिले विवाहको पनि अफर पठाउँछन् ।’ 

अर्जुन माथुरले अनुपम खेरको द एक्सिडेन्टल प्राइम मिनिस्टरमा राहुल गान्धीको भूमिका निभाएका थिए । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *