डीपीएलमा सोमबार धनगढी र रुपन्देही तथा विराटनगर र अत्तरिया भिड्दै

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । सोमबार धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्स तथा विराटनगर किंग्स र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ । 

फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा रुपन्देही र साबिक विजेता धनगढी भिड्दै छन्। रुपन्देही र धनगढीबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । 

धनगढीविरुद्ध बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही जित निकाल्दै प्ले अफमा पुग्ने लक्ष्यमा हुनेछ । सुरुवाती दुई खेल लगातार जितेर त्यसपछिको दुई खेल गुमाएको रुपन्देहीको ४ अंक छ । रुपन्देहीलाई प्ले अफ पुग्न धनगढीविरुद्ध जितको आवश्यकता छ ।  

null

यता, सोमपाल कामीको धनगढी सान्त्वना जित निकालेर प्रतियोगिता सकाउन चाहन्छ ।  सुरुवाती ३ खेलमा पराजय व्यहोरेको धनगढी प्रतियोगिताबाट बाहिरीसकेको छ । रुपन्देहीविरुद्धको खेल धनगढीका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ। 

सोमबार हुने दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया र करण केसीको विराटनगरबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। 

प्रतिस्पर्धाको लागि मैदान उत्रदा दुवै टोली स्पष्ट जितको खोजीमा रहनेछ । किनकि दुवै टोलीलाई प्ले अफ पुग्न यस खेल महत्वपूर्ण रहेको छ । 

अत्तरिया ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगरलाई पराजित गरे अत्तरिया एक खेल अगाबै प्ले अफमा पुग्ने छ। पराजित भए अत्तरियालाई अन्तिम खेलसम्म पर्खनु पर्ने हुन्छ । 

४ खेलबाट ४ अंक जोडेर विराटनगर लिगको पाँचौ स्थानमा छ। विराटनगरलाई प्ले अफमा पुग्न अत्तरियाविरुद्धको अन्तिम खेल जित्नै पर्ने दबाब छ। पराजित भए विराटनगर प्रतियोगिताबाट बाहिरिने छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *