परिवारै मिलेर बुहारीको हत्या !

माघ २०, जनकपुरधाम । सामान्य विवाद हुँदा धनुषामा परिवार नै मिलेर एक महिलाको हत्या गरेका छन् । धनुषाको औरही गाउँपालिका २ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यले मिलेर हत्या गरेको प्रहरीले बताएको छ ।   

चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा विवादसँगै चुलिएको झगडाले चिन्तामणीको ज्यान गएको हो । चिन्तामणीको हत्यामा श्रीमान ३० वर्षिय अनिलकुमार पासवान, नन्द २० वर्षीय पुनिता पासवान, सासू ४५ वर्षिय कुमला पासवान र ससुरा ५५ वर्षीय राधाकृष्ण पासवानको संलग्नता रहेको प्रहरीको भनाइ छ । 

चिन्तामणिको घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको भन्दै उनीहरुले उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याएका थिए   

उपचार गराउन आउँदा घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । चारै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *