‘सरकारले भवितव्यमा पर्ने डरले सबैतिर गुलियो मिठाई बाँड्यो’

 

जेठ १७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् छाया अर्थमन्त्री डा. मिनेन्द्र रिजालले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६–०७७ को बजेट वितरणमुखी भएको टिप्पणी गरेका छन् । 

बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता रिजालले बजेट वितरणमुखी भएको टिप्पणी गरेका हुन् । दुई तिहाईको सरकारले अपेक्षित बजेट ल्याउन नसकेको उनको भनाइ छ । 

null

भवितव्यमा परुँला कि भन्ने चिन्ताले बजेट ल्याएको आरोप लगाउँदै उनले भने, ‘भवितव्यमा पर्ने डरले सरकारले सबैतिर गुलियो मिठाई बाँडेको छ । माथिको गुलियो सकिएपछि तितोपन सुरु हुन्छ । अर्को बजेट मैँले होइन, अर्कैले ल्याउने हो कि भन्ने मानसिकताले बजेट ल्याएको देखिन्छ ।’ 

बजेट सार्वजनिक भएको दिन (जेठ १५) मा पनि छाया अर्थमन्त्री रिजालले सरकारले रेमिट्यान्समा टेकेर लोकरिझाइँको बजेट ल्याएको टिप्पणी गर्दै यसले विकासको आधार नबन्ने दाबी गरेका थिए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *