भारतीय विदेशमन्त्री एस जयशंकरले भेटे प्रधानमन्त्रीलाई

भाद्र ४, काठमाडौँ ।  बुधबार दिउँसो भारतीय विदेशमन्त्री एस जयशंकर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।   

आज दिउँसो १२ः१५ बजे नेपाल आईपुगेका विदेशमन्त्री जयशंकर  नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।   

विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री निवास  बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । 

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भेटघाट कार्यक्रममा   नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको उपस्थित रहेको थियो ।   

बुधबार र बिहिबारको बैठकको लागि नेपाल आएका  विदेशमन्त्री जयशंकरले भाेली बिहान १०ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *