विष्फोटपछि राजधानीको सुरक्षा व्यवस्था थप कडा, सिभिल र वर्दीमा प्रहरी तैनाथ
जेठ १२, काठमाडौं । काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विस्फोट पदार्थ नै विस्फोट भएको छ । विस्फोटपछि थप अनुसन्धान गर्न नेपाली सेनाको टोलीसहित आवश्यक मात्रमा दुवै स्थानमा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलले दुवै स्थानमा विस्फोटक पदार्थ नै विस्फोट भएको पुष्टि गरेका छन् ।
पोखरेलले घटनाको अनुसन्धान विभिन्न कोणबाट सुरु गरिएको बताए । उनले विस्फोट भएको स्थानमा ‘जेठ १३ गते नेपाल बन्द सफल पारौं’ लेखिएको हाते पर्चा फेला परेकोले अनुसन्धान विप्लव समुहतर्फ पनि केन्द्रित गरिएको बताए ।
null
उनले आफ्नो घोषणा गरिएको बन्दलाई सफल पार्नका लागि विप्लव समूहले योजना बनाएको हुनसक्ने बताए । नेत्रविक्रम चन्द विप्लव समुहले सोमबार आह्वान गरेको नेपाल बन्द सफल बनाउन भन्दै साँझ विष्फोट गराउने तयारी गर्दागर्दै विष्फोटक पदार्थ विष्फोट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘नेत्रविक्रम चन्द विप्लव समुहले सोमबार आह्वान गरेको नेपाल बन्द सफल बनाउन भन्दै सो समुहका कार्यकर्ताले विष्फोट गराउने योजना बनाएका हुन्, तर, विष्फोट गराउने ठाउँमा लैजानु अघी नै बनाउँदा बनाउदै ती सामग्री बिष्फोट भएको हुन सक्छ,’ पोखरेलले मकालु खबरसँग भने ।
विष्फोटपछि राजधानीको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । राजधानीको विभिन्न स्थानमा सिभिल र वर्दीमा सुरक्षाको लागि प्रहरी तैनाद गरिएको छ । घटनास्थलमा खटिएका सेना तथा प्रहरीले अहिले घटनास्थलमा कसैलाई प्रवेश दिएको छैन । ललितपुरको ग्वार्काेलगायतका क्षेत्रमा सकेट बम विष्फोट भएको छ ।