भारतमा फेरि मोदी सरकार !

 

जेठ ९, नयाँ दिल्ली । भारतमा जारी १७ औं लोकसभा निर्वाचनको हालसम्मको मतगणनाले फेरि मोदी सरकार फर्किने संकेत गरेको छ । 

भारतको इतिहासमा पहिलो पटक बहुमतका साथ कुनै गैर–कांग्रेस दलको सत्ता फर्किन लागेको हो । भारतमा बहुमतका साथ लगातार दोस्रो पटक कुनै पार्टी सरकार बनाउने स्थितिमा आएको याे पहिलो पटक हो । 

null

भाजपालाई पछिल्लो पटक २८२ सिट मिलेको थियो । यस पटक पनि ऊ २८० ले अघि देखिएको छ । यस पटक एग्जिट पोल्सको अनुमान सही रहेको छ । १० मे देखि ९ एग्जिट पोल्समा एनडीएको स्पष्ट बहुमत मिल्ने अनुमान गरिएको थियो । मध्यप्रदेशमा गुनादेखि ज्योतिरादित्य सिंधिया ९५ हजार ८६२ र भोपाल सीटदेखि दिग्विज सिंह १ लाख ५८ हजार ६७६ भोटले पछि धकेलिएका छन् । 

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ भाजपा संसदीय बोर्डको बैठक बोलाएका छन् । 

जवाहरलाल नेहरुले लगातार ३ पटक र इन्दिरा गान्धीले लगातार दुई पटक कांग्रेसलाई पूर्ण बहुमत दिलाएर सरकार बनाएका थिए । 

नेहरुले १९५२, १९५७ र १९६२ को चुनाव जितेका थिए । त्यस्तै इन्दिरा गान्धीले १९६७ र १९७१ को चुनाव पूर्ण बहुमतका साथ जितेकी थिइन् । मोदीले अब इन्दिरा गान्धीको बराबरी गरेका छन् । २०१४ मा उनको नेतृत्वको भाजपाले २८२ सीटमा जितेको थियो । यस पटक पनि २८० भन्दा बढी सिट जित्दै छन् । 

भारतको भीलवाडामा भाजपा उम्मेद्वार सुभाषचन्द्र बहेरिया राज्यमा सबैभन्दा धेरै ६ लाख १० हजार भोटले अघि छन् । त्यस्तै राजस्थानको २५ मध्ये २३ सिटमा भाजपा उम्मेद्वार एक लाख बढी भोटले अघि छन् । 

वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदीले २ लाख ५३ हजार ४५० ले अग्रता लिएका छन् भने अमेठीमा स्मृति इरानी ८ हजार १४० भोटले अघि छिन् । अहिले सार्वजनिक भएका मत परिणाममा अधिकांश स्थानमा भाजपाकै बहुमत देखिएको छ । यसले फेरि पनि मोदीकै सरकार आउन सक्ने अनुमान लगाउन सकिन्छ । 

भारतमा अप्रिल ११ देखि विभिन्न सात चरणमा ५४२ सिटका लागि सम्पन्न भएको निर्वाचनको मतगणना आजबाट सुरु भएको हो । भारतीय तल्लो सदन लोकसभामा ५४३ सिट छन्। यसका लागि ८ हजार ४० उम्मेदवार मैदानमा थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *