भिरबाट लडेर एक महिलाको मृत्यु

डोटी, मंसिर ५ । मंगलबार डोटी जिल्ला को आर्दश गाउँपालिका वडा नं.७ दडिमाना नजिकैको पाछाखाली बनको भिरबाट लडेर ४९ वर्षीय काली देवी बिष्टको मृत्यु भएको छ । 

गाजो काटने क्रममा मंगलबार साझ ३ बजे तिर भिरबाट खसेर करीब एक सय मिटर तल खसेर घाइते भएकी बिष्टलाई उपचारका लागी दिपायल लग्दै गर्दा बाटोमा मृत्यु भएको स्थानिय बीर बहादुर बिष्टले जानकारी दिए । 

डोटीका ग्रामिण भेगमा यसरी घाँसदाउरा काट्दै गर्दा धेरै घटना हुने गरेका छन् । ग्रामिण क्षेत्रका बासिन्दाले समयमा औषधि उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *