१० वटा म्यानपावर कम्पनी खारेज (सूचीसहित)

 

बैशाख १७, काठमाडौं । नियमविपरित काम गरेका तथा समयमा नविकरण नगराइएका १० म्यानपावर कम्पनी खारेजीको सूचीमा परेका छन् । 

वैदेशिक रोजगार विभागले गत फागुन १५ गतेको निर्णय अनुसार थप १० म्यानपावर कम्पनी खारेज गर्ने निर्णय गरेको हो । 

null

१० वटा म्यानपावर कम्पनी खारेज गरेको छ । विभागको गत फागुन १५ गतेको निर्णयले थप १० वटा म्यानपावर कम्पनी खारेज गरिएको हो । 

खारेज हुने म्यानपावरमा इमरेल्ड इन्टरनेश्नल कन्सल्टेन्सी, इस्टामफोर्ड ब्रिज इन्टरनेश्नल सर्भिस प्रा। लि., ध्वनि इन्टरनेश्नल प्रा. लि., पथ इन्टरनेश्नल इम्प्लाइमेन्ट सर्भिस, प्रिसाइस इन्टरनेश्नल प्रा.लि., इनोभेटिभ सर्भिसेज प्रा.लि., रि क्रियशन इन्टरनेश्नल प्रा.लि., प्रशिद्ध ओभरशिज प्रा.लि., वल्र्ड फस्ट जब प्लेसमेन्ट प्रा.लि. र निजम ओभरसिज प्रा.लि रहेका छन् । 

यसअघि विभिन्न समयमा १ सय ९७ वटा म्यानपावर कम्पनी खारेजीमा परेका थिए। 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *