भारत नयाँ राष्ट्रपति चुन्न व्यस्त भएपछि देउवाको भ्रमण अन्यौलमा

काठमाडौं, साउन २ । सत्तारुढ दल नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल भारत भ्रमण नगर्ने भएका छन् । भारत भ्रमणका लागि रुचि देखाएपनि तत्कालका लागि स्थगित भएको बुझिएको छ । भारत भ्रमणबारे छलफल हुँदै गर्दा भारतमा १४ औं राष्ट्रपति छनौँट हुने जानकारी प्राप्त भएपछि तत्कालका लागि भ्रमण रद्ध गरिएको परराष्ट्र स्रोतले बताएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरापश्चात् तत्काल प्रधानमन्त्रीको भारत भ्रमणको टुङगो गरिएको थियो । तर,भारतले आफ्नो नयाँ राष्ट्रपति चुन्नमा व्यस्त देखिएका कारण प्रधानमन्त्री देउवाको भ्रमण स्थगन गरिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार ‘प्रधानमन्त्री देउवाको भारत भ्रमणको सम्पूर्ण तयारी भइसकेको थियो । तर, भारतमा नयाँ प्रधानमन्त्री छनौटका कारण सम्भव नहुने देखिएको छ । भारतको सहमति आउन भने बाँकी नैछ ।’

प्रधानमन्त्रीमा निवार्चित भएलगत्तै देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरी बधाईसँगै दिल्ली भ्रमणको निम्तो गरेका थिए । तर, अहिले भारतमा नयाँ राष्ट्रपति छनौटका कारण प्रधानमन्त्री देउवाको भ्रमणको प्रगति नहुने विज्ञहरुले तर्क राखेपछि भ्रमण रद्ध गरिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *