कालोबजारी रोक्न सरकारले अघि बढायो चामल खरिद प्रक्रिया

फाइल तस्वीर  

चैत्र ७, काठमाडौं । बजारमा अत्यावश्यक बस्तुमा हुने कालोबजारी रोक्न भन्दै सरकारले १० हजार मेट्रिक टन चामल खरिद प्रक्रिया अघि बढाएको छ । करिब ४३ करोड रुपैंया बराबको उक्त परिमाणको चामल खरिदका लागि बोलपत्र आह्वान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।   

कोरोना भाइरसका कारण उत्पन्न हुने खाद्य संकट टार्न कम्पनीको भण्डारणमा चामल थप्न लागिएको कम्पनीले जनाकारी दिएको छ । उक्त परिमाणको चामल खरिदपछि कम्पनीसँग चामलको मौज्दात ३६ हजार मेट्रिक टन पुग्ने छ । 

खाद्य संकटका बेला आवश्यकता अनुसार कम्पनीको देशैभर रहेको कार्यालय तथा आफ्ना बिक्री केन्द्रमार्फत चामल बिक्री गर्ने कम्पनीले जनाएको छ ।   

खाद्यले यस वर्ष किसानसँग २ लाख ११ हजार ३९३ क्विन्टल धान किनेको थियो । सो धानको कुटाई कार्यलाई पनि तिब्र पारिएको जनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *