नेपालीलाई भारतमा खर्च गर्न कडाइ, कार्डबाट महिनाको १ लाखभन्दा बढी निकाल्न नपाइने

 

पुस ११, काठमाडौँ । नेपालमा सरकारले उच्च दरका भारतीय नोटको कारोबार गर्न प्रतिबन्ध लगाएसँगै केन्द्रीय बैंकले भारतमा रकम निकाल्न सीमा तोकेको छ । 

बैंकले सीमा तोकेसँगै नेपालीले भारतमा विद्युतीय माध्यम (डेबिट, क्रेडिट र प्रिपेड कार्ड) मार्फत् पैसा भुक्तानी गर्दा मासिक १ लाख रुपैयाँ भन्दा बढी झिक्न नपाउने भएका छन् । 

null

अनलिमिटेड भुक्तानीको यो प्रावधानले विदेशी मुद्रा सञ्चितीमा अप्ठ्यारो पर्ने देखिएपछि नियमन गर्न बैंकले यस्तो निर्णय लिएको हो । विभिन्न प्रकारको भुक्तानीका लागि भारतबाट धेरै रकम झिक्ने प्रवृत्ति बढेपछि कडाइ गरिएको हो । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो । 

‘भारतमा डेबिट, क्रेडिटरप्रिपेड कार्डलगायत विद्युतीय कार्डको माध्यमबाट एकै पटक वा पटकपटक गरी मासिक भारु १ लाख सम्म मात्र भुक्तानी गर्न सकिनेछ,’ राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाले भने, ‘होटल, अस्पताल र औषधि पसलमा गरिने भुक्तानीको हकमा उक्त सीमा लागू हुने छैन ।’ 

यसअघि भारतमा नेपाली बैकको कार्ड प्रयोग गरेर रकम निकाल्नका लागि परिणात्मक बन्देज रहेको थिएन। बैंकको पछिल्लो निर्णयबाट भने भारतीय बजारमा हुने फजुल घट्ने अपेक्षा छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *