धरानमा मानसिक रोग विशेषज्ञहरुको बृहत् सम्मेलन हुँदै

 

फागुन २२, धरान । नेपाल मनोचिकित्सक संघको सातौँ राष्ट्रिय सम्मेलन धरानमा हुने भएको छ । 

फागुन २३ र २४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्मलेन गर्ने तयारी भएको संघ अन्र्तगतको धरान शाखाले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । 

null

मानसिक स्वास्थ्य विभाग वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शाखाको आयोजनामा हुने सम्मेलनको मुख्य एजेण्डा मौलिक स्वास्थ्य अधिकार कार्यान्वयनको प्रत्याभूति रहेको सम्मेलन आयोजक समितिका अध्यक्ष डा. बैकुण्ठ राज अधिकारीले जानकारी दिए । 

सन १९९८ बाट सुरु भई प्रत्येक २÷२ बर्षमा हुने सो सम्मेलन २० वर्षको अन्तरालमा वीपी प्रतिष्ठानको हाताभित्र पुनः एक पटक हुन लागेको अधिकारीले बताए । 

सम्मेलन अवधिभरमा मानसिक स्वास्थ्य चुनौती र मानसिक समस्यालाई बदलिँदो परिस्थितिसँगै निकालिने उचित उपाय, लागुपदार्थ, संगीत र मानसिक स्वास्थ्यबारे छलफल गर्नुका साथै मानसिक वा मनोचिकित्सा स्वास्थ्य पेशाबाट डाक्टरहरुको चल्ने जिविकाका बारेमा समेत विज्ञानमा आधारित कार्यशाला लगायतका कार्यक्रमहरु राखिएको छ । 

कार्यक्रममा विदेशी पोफ्रेसर डाक्टरहरुसँगको छलफल तथा विभिन्न वैज्ञानिक अनुसन्धान पत्र प्रस्तुत गरिने र सो सम्मेलनमा अस्टे«लियाबाट आउनले डा. प्रोफेसर टि एस राव, प्रा.डा. मोहन आईज्जा, प्रा.डा. सुधिर कुमार खन्डेलवाल र नेपालकै प्रा. डा. देषराज बहादुर कुवर लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ । 

कार्यक्रमको उद्घाटन भने प्रदेश नं १ का समाजिक विकास मन्त्री जिवन घिमिरेले गर्ने तय भएको संघका धरान शाखाका सहसचिव चिकित्सक डा. मधुर बस्नेतले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *