समुदाय प्रहरी साझेदारी अन्तर्गत चन्द्रागिरिमा घरदैलो अभियान सुरू

 

चैत १३, काठमाडौँ । समुदाय प्रहरी साझेदारी अन्तर्गत चन्द्रागिरिमा घरदैलो कार्यक्रमको सुभारम्भ गरिएको छ । 

समुदाय प्रहरी साझेदारीपालिका समिति चन्द्रागिरिको आयोजनामा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले थानकोटस्थित साझा घरमा स्टिकर टास गरि कार्यक्रमको सुभारम्भ गरेका हुन् । 

null

कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले समाजलाई अपराध मुक्त बनाउने उद्देश्यका साथ स्थानीय प्रहरीहरूको नम्बर सहितको स्टिकर टाँस्ने र स्थानीय र प्रहरी विच सुमधुर सम्बन्ध कायम गर्ने यो अभियान फलदायी हुने बताए । 

उनका अनुसार चन्द्रागिरिका स्थानियहरूको घरमा स्टिकर टाँस गरि घरधनीहरुको विवरण संकलन गर्न फारम भर्ने काम आजबाट सुरू भएको छ । ‘प्रत्येक घर–घरमा एउटा एउटा स्टिकर टाँस्ने र एउटा फारम भर्ने व्यवस्था गरिएको छ, भरिएको विवरण गोप्य हुनेछ’, उनले भने । 

कार्यक्रममा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले समुदाय प्रहरी साझेदारी अभियान शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि प्रभावकारी हुने बताए । 

उनले नगरपालिकाले विपद् व्यवस्थापनका लागि पनि आवश्यक सामाग्री खरिद भईसकेको र केही हप्तामै प्रहरीलाई हस्तान्तरण गरिने जानकारी दिए । नगर प्रमुख गिरीले भने, ‘समाजलाई व्यवस्थापन गरी असल बाटोतर्फ लैजानका लागि अपराध गर्ने परिपाटी अन्त्य हुनुपर्छ । लागुऔषध दुर्वेशनीलाई हल गर्नुपर्छ । सभ्य समाज निर्माण कार्यमा सबै अनुशासित हुनुपर्छ र शान्ति सुरक्षा काम गरेर सभ्य र भव्य समाज निर्माणमा लाग्ने प्रण गरौँ ।’ 

कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिका प्रवक्ता हरि भक्त महर्जनले घटना घट्न नदिन स्थानीयलाई जनचेतना र अभिमुखीकरण तालिम आवश्यक रहेको औँल्याए । उनले चन्द्रागिरिमा समग्र नगरको शान्ति सुरक्षाका लागि सिसि क्यामरा, साईरन, सोलार बत्ति लगायतका कामको सरुवात भइरहेको जानकारी गराए । 

चन्द्रगिरि नगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले शान्ति सुरक्षामा नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध हुनुपर्ने र प्रहरी नागरिकबीच ऐकाकार गरि अगाडि बढ्न सके वर्दि र विना वर्दिका प्रहरीबीच समंन्वयनबीच शान्ति सुरक्षामा सोचे अनुरूप उपलब्धि हासिल हुने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *