काठमाडौँमा अवैध भारतीय रकम सहित २ पक्राउ
मकालु खबर
२०७६ असोज ७ गते
असोज ७, काठमाडौँ । प्रहरीले सोमबार काठमाडौँमा अवैध भारतीय रकम सहित २ युवालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खुबाट अवैध भारतीय रकम सहित भक्तपुर बस्ने भारत बेतियाका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दासलाइ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बीरगंज देखी काठमाडौं काठमाडौँ आउँदै गरेको बा १ ज ७४९१ नम्बरको टाटा सुमोमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिईएको हो ।
प्रमेन्द्रको साथबाट ५ सय दरका २ सय थान र हर्मेन्द्रको साथमा ५ सय दरको १ सय थान भारु रकम गरी जम्मा १ लाख ५० हजार उनीहरुको साथबाट फेला पारिएको प्रहरीले जानकारी दिएका छन् ।
पक्राउ परेका उनीहरुमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ असोज ७ गते
प्रतिक्रिया
सम्बन्धित