बंगलादेशमा अवामी लीगको शानदार जित, प्रधानमन्त्रीमा शेख हसिना निर्वाचित
पुस १६, काठमाडौँ । बंगलादेशको प्रधानमन्त्रीमा फेरि पनि शेख हसिना विजयी भएकी छिन् ।
आइतबार सम्पन्न बंगलादेशको संसदीय निर्वाचनमा शेख हसिना वाजिद तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।
null
सन् २००८ देखि नै बंगलादेशको सत्तामा उनको पार्टी अवामी लिगले ३ सय ५० सिटमध्ये २ सय ८१ सिटमा विजय हासिल गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा सत्तारुढ अवामी लिगका तर्फबाट हसिना र प्रतिपक्षी बंगलादेश नेश्नलिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री खालिदा जियाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएका थिए। निर्वाचनमा प्रतिपक्षी दल बंगलादेश नेश्नलिस्ट पार्टीले सात सिट मात्र जित्यो ।
मुस्लिम धर्मावलम्बी बाहुल्य रहेको बंगलादेशमा मुलुकभरका ४० हजार १ सय ९९ मतदान केन्द्रमा १० करोड जना मतदानमा सहभागी भएका थिए ।
तर प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनल पार्टी (बीएनपी) ले भने चुनावी परिणाम अस्वीकार गरेको छ। चुनावमा सरकारले धाँधली गरेको उसको आरोप छ ।