पर्यटन प्रवर्द्धनका लागि २ अर्ब बढी विनियाेजन, मेलम्चीका लागि कति ?

 

जेठ १५, काठमाडौं । सरकारले पर्यटन प्रवद्र्धनका लागि २ अर्ब ६८ करोड रकम विनियोजन गरेको छ । 

संयुक्त संसदमा वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ मा पर्यटन प्रवद्र्धनका लागि २ अर्ब ६८ करोड विनियोजन गरिएको जानकारी दिएका हुन् । 

null

सरकारले पर्यटन क्षेत्रमा उच्च आर्थिक वृद्धिको सम्भावना रहेको भन्दै सो रकम विनियोजन गरेको हो । 

यस्तै सरकारले निर्माणधीन मेलम्ची खानेपानी आयोजनाका लागि साढे ७ अर्ब ३९ करोड रुपैयाँ छुट्याएको छ । 

गत माघ २५ गते इटालियन ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेपछि अन्तिम चरणमा पुगेको भनिएको आयोजनाको रोकिएको छ । 

सन् २००९ देखि चिनियाँ कम्पनीले सुरुङमार्ग निर्माणको काम थालेपनि समयमा काम सम्पन्न गर्न नसकेपछि २५ सेप्टेम्वर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो । 

सन् २०१३ सिएमसी दि रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी काम सक्ने गरी सम्झौता भएको थियो । कम्पनीले भूकम्प र नाकाबन्दीपछि समयमा काम गर्न नसकेको भनेपछि सरकारले समय पनि थप गरेको थियो । पछि भने उसले आर्थिक रुपमा टाट पल्टिएको भन्दै काम गर्न नसक्ने बताएको थियो । 

सिएमसीले सिंगापुरमा भएको वार्तामा काममा फर्कनका लागि २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको सरकारको भनाइ छ । सिएमसीसँगको वार्तामा कुरा नमिलेपछि सरकारले मेलम्चीको काम अघि बढाउन नसकेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *