बुटवल जाँदै गरेको बस खोलामा खस्यो, एकको मृत्यु, २५ जना घाइते

पुस ५, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 

काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको छ । 

दुर्घटनामा परी घाइते भएका २५ मध्ये चारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार घाइते दुईको भरतपुर, दुईको बुटवल र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । करीब ३५ जना यात्रु सवार रहेको बस सडकदेखि २५ मिटर तल खसेको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *