प्रदेश प्रमुख सिफारिसमा माधव नेपालको यस्तो असहमती

कार्तिक १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सचिवालय बैठकले गरेको ७ प्रदेश प्रमुख सिफारिसमा वरिष्ठ नेता माधव नेपालले असहमति जनाएका छन् । नेता नेपाल लिखित असहमति दर्ता गर्ने तयारीमा छन् ।   

सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकमा नेपालले प्रदेश प्रमुखका लागि आफ्नो तर्फबाट केही नेताको नाम पेश गरेका थिए । नेता नेपालले आफ्ना तर्फबाट अमृत बोहरा, प्रदीप नेपाल, विश्वकान्त मैनाली, रघुजी पन्त र श्रीमाया थकाली लगायतको नाम सिफारिस गरेका हुन् । 

तर उनले सिफारिस गरेका एक जना पनि छानिएनन् । आफुले सिफारिस गरेका कोही पनि प्रदेश प्रमुखमा नछानिएपछि उनी पार्टीप्रति थप असन्तुष्ट देखिएका छन् । बैठकमा अध्यक्षद्धयले सिफारिस गरेका नाम एकपक्षीय भएको उनको आरोप छ ।   

Image result for माधव नेपाल

नेपालले नाम प्रस्ताव गर्नुअघि नै पार्टी अध्यक्षद्धय केवी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट महासचिव बिष्णु पौडेलले सात जनाको नाम प्रस्ताव गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *