लोक सेवा परीक्षा विथोल्न खोज्ने ४ जना खोटाङमा पक्राउ

साउन ४, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारीका लागि लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यात्ने प्रयास गर्दा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको छ । 

आयोगले शनिबार बिहान ८ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सुरू गरेको छ । अन्य प्रदेशका केन्द्रहरूमा निर्वाध रूपमा परीक्षा भएपनि खोटाङमा परीक्षा विथोल्ने प्रयास भएको थियो । 

यसक्रममा बिहान सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पसको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का कार्यकर्ताहरु प्रवेश गरेर केही थान प्रश्नपत्रहरु च्यात्न खोजेका थिए । 

null

 

प्रश्नपत्र च्यात्ने प्रयास गरेको आरोपमा आफ्ना ४ जनालाई प्रहरीले गिरफ्तार गरेको आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए । संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्था विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार आह्वान गरिएको प्रदेश नम्बर १ बन्दअन्तर्गत परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको अध्यक्ष राईले बताए। 

पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबी मगर समेत छन् । त्यसैगरी दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

आन्दोलनकारीले प्रश्नपत्र च्यातिएको बताएपनि आयोगका एक अधिकारीले प्रश्नपत्र नच्यातिएको बताए । उनले आन्दोलनकारीलाई प्रश्नपत्र च्यात्नु अगावै प्रहरीले नियन्त्रणमा लिएकोले कुनै प्रश्नहरु नच्यातिएको जिकिर गरे । 

यता खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वामदेव गौतमले प्रवेश परीक्षा विना जवरजस्ती हलमा प्रवेश गर्न खोजेपछि चार जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले पहिला नै नियन्त्रणमा लिएकाले प्रश्न पत्र नच्यातिएको डीएपी गौतमको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *