के होला रेशम चौधरीको सांसद पद ?

 

फागुन २२, काठमाडौँ । टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि राजपा सांसद रेशमलाल चौधरीको सांसद पद गुमेको छ । 

न्यायाधीश पर्शुराम भट्टराईको इजलासले चौधरीलाई २२ वर्षको जेल सजायको फैसला सुनाएपछि चौधरीको सांसद पद खारेज हुने भएको हो । अदालतबाट दोषी ठहर भएपछि सांसद नरहने कानूनी व्यवस्था छ । 

null

पुर्पक्षका लागि थुनामा रहेका चौधरीले १९ पुसमा सिंहदरबारमा पुगेर सांसद पदको सपथ लिएका थिए । 

उनलाई निर्वाचित भएको एक वर्षपछि शपथ गराइएको थियो। शपथ लिए पनि अब उनले सांसदको हैसियतले कुनै पनि काम गर्न पाउने छैनन्। 

टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार रहेका चौधरीले राजपाबाट उम्मेद्वारी दिएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए। 

२०७२ भदौ ७ गते टीकापुरमा थरुहटरथारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी दुई वर्षीय नाबालक टेकेन्द्र साउद र ८ प्रहरीको ज्यान गएको थियो। 

सांसद चौधरीसहित जिल्ला अदालत कैलालीले बुधबार ११ जनालाई जन्म कैदको फैसला सुनाएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *