प्रचण्ड चर्किए –‘हामीलाई अरू पार्टीले त हेप्यौ हेप्यौँ’ तर…

काठमाडौंं,साउन २ । सोमबार सत्तारुढ दल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अरुबेला झैँ त्यति आक्रोशित देखिएनन् । निर्वाचन समीक्षा बैंठकमा उपस्थित कार्यकर्तालाई एउटै समस्याका कारण पार्टीले हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए । सबै मिलेर ‘गुटबन्दी’ अन्त्य गरौँ उनले स्थानीय तहको दुवै चरणको मतपरीणामको समीक्षा गर्दै उनले गुटबन्दीका कारण पार्टी खस्किन पुगेको बताए ।

आज सोमबारदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको निर्वाचन समीक्षा बैंठकमा सचिवालय र जिल्ला इन्चार्जहरुलाई सम्झाइ बुझाइ गर्दै उनले स्थानीय तहको चुनामा हार्नुको कारण माओवादी भित्रको गुट उपगुट रहेको बताए । ‘हामीले आन्तरिक समस्या व्यवस्थापन गर्न सक्षम नभएसम्म हार व्यहोर्नुपर्छ । त्यसैले हारको द्वोष जनतालाई होइन पार्टी भित्रै छ र यहीँ खोजिनुपर्छ ।’ अलि चर्काे स्वर निकाल्दै उनी चर्किए ।

आफ्नो पार्टी जनताले खोजेजस्तो भएन भन्दै सबैलाई यसबारे समयमै चिन्तन गर्न सुझावसमेत दिए । ‘हाम्रो पार्टीलाई अरू पार्टीले त हेप्यौ हेप्यौँ । यो ठुलो कुरा होइन । सिर्फ जनताले खोजेजस्तो पार्टी बन्नु पर्‍यो । यहीँ खुसीको कुरा हो । त्यसैले सबैले बेलैमा सोचौँ।’

पार्टी विभिन्न चोइटामा उछिट्टिसकेको स्मरण गर्दै उनले पार्टी झन् झन् तल खस्किनुको मुख्य गुटबन्दी भएको फेरि बताए । पटक पटक गुटबन्दीको शब्द उच्चारण गदै सबैलाई यसबारे चिन्तन गर्न सुल्झाए । ‘सबैले यो गुटबन्दी भन्ने शब्द मनमस्तिष्कबाट फालौँ । यस्ले ठुलो आँधी हुरी ल्याउँछ । सबै सचेत पनि बनौ है ।’ उनले उपस्थित सबै नेताहरूलाई विनम्र आग्रह समेत गरे।

प्रवक्ता पम्फा भुसालले ७५ वटै जिल्ला समितिका इन्चार्ज वा अध्यक्षले आफ्नो जिल्लाको समग्र अवस्थाका बारेका पार्टी नेतृत्वलाई जानकारी गराउने र आगामी दिनमा कस्तो रणनीतिका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताइन् ।  त्यस्तै, प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको रणनीतिका विषयमा समेत छलफल भएको उनले जानकारी गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *