मास्क लुकाउने र बढी मूल्यमा बेच्नेलाई २ लाख जरिवाना

फागुन २२, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बेचेको आरोपमा नेपाल केयर सर्जिकल सप्लायर्सलाई जरिवाना गरेको छ ।   

काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो । त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।   

बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृत्रिम अभाव सिर्जना गरेर मुल्य दोब्बर बनाइएको भेटिएको विभागको भनाई छ ।   

पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो । विभागले मास्क लुकाउने र बढी मूल्यमा बेचेको पाइए कारबाही र जरिवाना दुवै हुने बताएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *