सवारी दुर्घटनामा बालकको मृत्यु

पुस ११, बिराटनगर । सुनसरीको कोशी गाउँपालिका–७ मा भएको सवारी दुर्घटनामा ८ बर्षीय बालकको मृत्यु भएको छ । मंगलवार साँझ ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको DL 3CBM1398 नम्बरको भारतीय जिपलेकोशी स्थानीय बर्ष ८ को आनन्द सदालाई ठक्कर दिएको थियो । 

जिपको ठक्करबाट गम्भीर घाईते सदाको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न चालक र जिप दुवै सिमा प्रहरी चौकी भाण्टाबारीको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *