युवा उद्यमी घिमिरेलाई इन्टरनेशनल प्रोफेसनल विजनेस एचिभमेन्ट अवार्ड

काठमाडौं ८ असोज । सिन्युज नेपालका अध्यक्ष तथा युवा उद्यमी रामनारायण घिमिरेलाई इन्टरनेसनल प्रोफेशनल एचिभमेन्ट विजनेस म्यान अवार्ड प्रदान गरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा आयोजित एक कार्यक्रमका बीच युवा उद्यमी घिमिरेलाई इन्टरनेशनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।   

सिजन मिडियाको आयोजना तथा नेपाल पत्रकार महासंघ युएई शाखाको संयोजनमा आयोजित समारोहका बीच युवा उद्यमी घिमिरेलाई कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले अवार्ड प्रदान गरेका हुन् । ब्यवसायिकताको माध्यमबाट समाजको रुपान्तरण र युवाहरुलाई प्रेरणा रोजगारी दिनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै घिमिरेलाई अवार्ड प्रदान गरिएको हो । 

चन्द्रागिरि १२ मा जन्मिएका घिमिरे लामो समयदेखि उद्यमशिल हुदै व्यसायिक रुपमा सक्रिय छन् । २०३९ सालमा जन्मिएका घिमिरे सानै उमेरमा व्यवसायिक सफलता हासिल गर्दै युवाहरुमा नयाँ उर्जा प्रदान गर्ने ब्यक्ति हुन । 

घिमिरे देवदर्शन मिडिया ग्रुपका संस्थापक अध्यक्ष, देवदर्शन बचत तथा सहकारीका अध्यक्ष, सनसाईन हाई स्कुलका अध्यक्ष, सोनी ट्रेडिङका अध्यक्ष, नेपालकै ठूलो भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक हुन् । उनी विभिन्न सामाजिक संघ सस्थाका अध्यक्ष, नेपाल उद्योग वार्णिज्य महासंघ चन्द्रागिरि चेम्वरका अध्यक्ष भइसकेका ब्यक्ति हुन् । 

यस्तै रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्मालाई  इन्टरनेशनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । विभिन्न विधामा समाजमा अतुलनिय योग्दान पुयाएका लेखक तथा साहित्यकार माधव प्रसाद अधिकारी, खेलक्षेत्रमा लामो समय विताएका पुर्णप्रसाद श्रेष्ठ, राजनितिज्ञ तथा समाजसेवी देवेन्द्र प्रधान, रातोपाटीका युएई प्रतिनिधि विनोद श्रेष्ठलाई पनि अवार्ड प्रदान गरिएको छ ।   

सोही अवसरमा नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारी, सफल खबरका सम्पादक सुरेशचन्द्र अधिकारी, युएईमा व्यवसायी एवम् समाजसेवी डा. दिनेश आचार्यलाई पनि अवार्ड प्रदान गरिएको थियो । 

यस्तै नेपाल पत्रकार महासंघ युएईका कार्यबाहक अध्यक्ष लक्ष्मण खनाल, पर्यटन व्यवसायी एकेन्द्र थापा, लोक दोहोरी गायक दीप सागर थापा, भाइ महर्जन सिलवाल, गार्ली अग्रवाल, सुरेन्द्र लामा, हरि सेन्चुरी विक, लेखक तथा सहित्यकार पुष्पलता आचार्य, किरण मरहठ्ठा, कृष्ण प्रसाद आचार्य, शोभा कुमारी गिरी अधिकारी, पवन अधिकारी, रोजिन शाक्य, सन्तोषी शाही, दिपेन्द्र महर्जन, रेजिना तुलाधर, विजय कोइरालालाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रममा मन्त्री खनालले युएईमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गरे । कार्यक्रममा युएईमा क्रियाशिल व्यक्तित्वहरु डा. आसिफ सिद्दी अलिकी, सुरेस ढकाल, इ.मोहन शर्मा र चन्द्रप्रकाश सापकोटालाई विशिष्ट व्यक्तित्व सम्मान गरिएको थियो भने कल्पना राई, हिरालाल श्रेष्ठ, दिपक गुरुङ (दिपिका) र पिएस लिम्बुलाई पनि सम्मान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *