पत्नी ऐश्वर्यासँग किन डराउँछन् अभिषेक ? बहिनी श्वेताले खोलिन राज

 

माघ ७, काठमाडौँ । करण जौहरको शो ‘कफि विथ करण’ को एक एपिसोडमा श्वेता बच्चनले दाजु अभिषेक बच्चन भाउजु ऐश्वर्या राय बच्चनसँग डराउने गरेको खुलासा गरेकी छिन् । 

शो को र्यापिड फायर राउण्डमा करण जौहरले अभिषेकलाई सोधेका थिए, सबैभन्दा धेरै डर कोसँग लाग्छ ? जवाफमा अभिषेकले आमासँग धेरै डर लाग्ने बताएका थिए । यद्यपी श्वेताले भने त्यसको उल्टो जवाफ दिइन् । उनले अभिषेक बच्चन सबैभन्दा धेरै आफ्नै पत्नी ऐश्वर्यासँग डराउने गरेको बताइन् । 

null

 

त्यस्तै र्यापिड फायरमा करण जौहरले श्वेतासँग आफ्नो भाउजु तथा अभिनेत्री ऐश्वर्याको कुन बानी मन पर्दैन ? भन्ने प्रश्न गरेका थिए । 

 

यसको जवाफ दिँदै श्वेताले भनिन्, ‘ऐश्वर्या एक असल आमा हुनुहुन्छ र उहाँले सबै आफ्नो मेहनत र पहलमा हासिल गर्नुभएकाे छ, मलाई भाउजुकाे यो पक्ष निकै मनपर्छ, तर उहाँको एउटा बानी मलाई यो पटक्कै मन पर्दैन । उहाँले फोन र म्यासेजको जवाफ कहिल्यै दिनुहुन्न ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *