भण्डारा दुग्ध सहकारीको अध्यक्षमा पाँचजनाको उम्मेदवारी

माघ ८ चितवन ।  चितवनमा दैनिक सर्वाधिक दुध संकलन गर्दै आइरहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको भावी अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी परेको छ । निर्वाचन प्रक्रिया अन्र्तगत मनोनयन दर्ताका क्रममा अध्यक्षका लागि वर्तमान अध्यक्ष डिल्लीप्रसाद थपलिया, तीर्थराज पाण्डे, विश्वकान्त रुवाली, थलराज पाठक र विशु प्रसाद पाठकको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत शैलेन्द्र भण्डारीले बताए ।   

निर्वाचनमा थपलिया र रुवालीले प्यानलनै वनाएका छन् । अन्य तीन उम्मेदवार स्वतन्त्र हुन् । थपलिया नेकपा निकट र रुवाली काँग्रेस नकटका हुन् । उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष समेत रहेका डालबहादुर श्रेष्ठ र राजेन्द्र प्रसाद तिमल्सीनाको उम्मेदवारी परेको छ । सचिवमा वर्तमान सचिव रामचन्द्र हुमागाँई र हरिकुमार दनै चुनावी मैदानमा छन् । सहसचिवमा सर्वेश्वर थपलिया र प्रकाशकुमार सेढाई, कोषाध्यक्षमा हरिमाया उप्रेती र सुवास सिलवालले उम्मेदवारी दिएका प्रमुख निर्वाचन अधिकृत भण्डारीले बताए ।   

कार्यसमिति सदस्यमा १७ जनाको उम्मेदवारी परेको छ । सहकारीको लेखा समिति संयोजकमा दुई जनाको उम्मेदवारी परेको छ । संयोजकमा लक्ष्मण प्रसाद बर्तौला र चेतनाथ पाण्डे तथा सदस्यहरुमा भीमप्रसाद सिलवाल, राममणी सिलवाल र कमल मेहन सिलवालले उम्मेदवारी दिएका छन् ।   

नयाँ नेतृत्वका लागि यही माघ २५ गते मतदान हुँदैछ । आगामी ४ वर्षे कार्यकालका लागि पाँचजनाले अध्यक्षमा उम्मेदवारी दिएपनि वर्तमान अध्यक्ष डिल्लीप्रसाद थपलियाले सहज रुपमा चुनाव जित्ने दाबी गरेका छन् ।  राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक समेत रहेका थपलियाले सहकारीको विकास र राप्तीमा पशु आहार उद्योग स्थापनाका लागि महत्वपूर्ण भुमिका खेलेका छन् । भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक ९ हजार लिटर भन्दा वढि दुध संकलन गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *