होलीमा जबरजस्ती रंग दल्ने, झै–झैगडा गर्ने ६५ जना पक्राउ
मकालु खबर
२०७६ फागुन २६ गते
फागुन २६, काठमाडौं । होलीमा जबरजस्ती रंग दल्ने ६५ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जबरजस्ती रंग दल्ने तथा झै–झैगडा गर्ने ६५ जनालाई विभिन्न क्षेत्रबाट आज (सोमबार) नियन्त्रणमा लिएको हो । जसमा ७ जना युवती रहेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुलाई पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा राखिएको छ । साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने ।
मकालु खबर
२०७६ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित