सर्वोच्च अदालतमा ‘ठूला’ आर्थिक र व्यापारिक मुद्दा पेसी चढ्ने क्रम तीव्र

काठमाडौँ — प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अवकाश नजिकिँदै जाँदा सर्वोच्च अदालतमा ‘ठूला’ आर्थिक र व्यापारिक मुद्दा पेसी चढ्ने क्रम तीव्र छ । कतिपयको पेसी व्यवस्थापनसमेत अस्वाभाविक छ । मिश्रले एक महिनाभित्रै अवकाश पाउँदै छन् । 

एनसेलको करछली विवाद मुद्दा गतमंसिर १३ गते पेसीको पालोमा थियो । सर्वोच्च प्रशासनबाटै ‘स्थगित’ उक्त मुद्दा ४ दिनपछि सोमबारका लागि फेरि पेसी चढेको छ । ‘यस्ता मुद्दा यति छिट्टै अस्वाभाविक रूपमा पेसी चढ्नु अनौठो हो,’ सर्वोच्च स्रोतले भन्यो । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  

न्यायाधीश शारदाप्रसाद घिमिरे नेतृत्वको विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान सम्मिलित पूर्ण इजलासमा पेस भएको यो मुद्दा प्रधानन्यायाधीश मिश्रको रुचिमा तत्काल पेसी चढाइएको स्रोतले बतायो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *