मालपोत पुगेका प्रधानमन्त्रीलाई कालो झण्डा !
मकालु खबर
२०७६ असार ५ गते
असार ४, काठमाडौं । कलंकी मालपोत कार्यालयमा आयोजित एक कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाइएको छ ।
‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उद्घाटनका लागि बुधबार बिहान त्यहाँ पुगेका प्रम ओलीलाई कालो दुई युवाले कालो झण्डा देखाएका हुन् । उद्घाटन कार्यक्रमम प्रम ओलीसँगै भूमि व्यवस्थामन्त्री पद्मा अर्याल पनि त्यहाँ पुगेकी थिइन् ।
null
मालपोत कार्यालय परिसरमै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने ती दुई युवालाई अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन । उनीहरुलाई प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।
मकालु खबर
२०७६ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित