इडूमार्कले क्वालिटिमा फोकस गरिरहेको छ (भिडियाे अन्तर्वार्ता)
बिराटगर स्थित इडूमार्क प्रा. लि. प्रदेश १ कै उत्कृष्ट कन्सल्टेन्सीको रुपमा स्थापित भएको छ । २०६९ सालबाट औपचारीक रुपमा सञ्चालनमा आएको इडूमार्क कन्सल्टेन्सीले उच्च शिक्षाका लागि विदेश जाने सोच बनाएका विद्यार्थीलाई दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताबाट शैक्षिक परामर्श दिँदै आईरहेको छ ।
इडूमार्क कन्सल्टेन्सीले छिमेकी मुलुक भारतका ख्यातिप्राप्त विश्वविद्यालयहरुमा अध्ययन गर्न जाने विद्यार्थीलाई उनीहरुको शैक्षिक, आर्थिक अवस्था र रुचि हेरेर करियर काउन्सेलिङसँगै सहजीकरण गर्दै आइरहेको छ । इडूमार्कले विद्यार्थीहरुलाई ब्रिजकोर्स, खुल्ला शिक्षा (एसईई) परीक्षा, लोकसेवा आयोगको तयारी कक्षा, जापानिज भाषाका साथै अन्य विभिन्न विषयको कक्षा समेत सञ्चालन गर्दै आईरहेको छ ।
यसका अलावा स्नातक अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा सिम्याट परीक्षाका लागि इडूमार्क पूर्वाञ्चलकै उत्कृष्ट शैक्षिक संस्था रहेको बताइएको छ । इडूमार्कले भारतका साथै न्युजल्याण्ड, पोल्याण्ड, माल्टा लगायतका देशहरुका उत्कृष्ठ कलेज तथा विश्वविद्यालयका लागि काम गर्ने गर्दछ । संस्थाले आगामी दिनमा अन्य युरोपका देशहरुमा पठाउने तयारी गरेको म्यानेजिङ डाइरेक्टर रवी गुप्ताले बताएका छन् ।
इडूमार्कले दिने शैक्षिक सेवा तथा परामर्शका विषयमा कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर रवी गुप्तासँग मकालु खबरले गरेको भिडियाे कुराकानी ।
https://youtu.be/BbGcB2t0zXc