चिनिया भन्सारले बुधबारदेखि गाडीमा शिल नलगाउने

रसुवा। चिनिया भन्सार कार्यालयले बुधबारदेखि गाडीमा शिल नलगाउने भएको छ । ल्होसारको लागि कर्मचारी घर गएका कारण शिल नलगाइने भएको हो । मंगलबार १ सय वटा गाडीमा शिल लगाइएको छ । 

शिल लगाइएका गाडी बुधबार नेपाल आउनेछन् ।नेपाल ल्याउन लागिएको एनसेलको सामग्रीमा भने फेब्रुअरी ६ सम्म शिल लगाइने बताइएको छ । 

स्याउ तथा रेडिमेड सामग्रीको गाडीमा बुधबारदेखि शिल नलगाइने व्यवसायी पुरुषोत्तम पौडेलले बताए । ‘मंगलबारसम्म गाडीमा शिल गरिएको छ, उनले भने, बुधबारदेखि २२ दिन कारोबार हुँदैन ।’ 

null

कारोबार नहुने भएपछि नेपाली व्यापारी तथा व्यावसायी नेपाल आउन थालेका उनले बताए। जनवरी २९ बुधबारदेखि फेब्रुअरी २० सम्म कारोबार नहुने बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *