सिटिजन्स बैंकद्वारा सात वटै प्रदेशलाई ७/७ लाखको सहयोग
चैत्र १७, काठमाडौं । सिटिजन्स बैंकले सातवटै प्रदेशलाई कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि ७/७ लाख आर्थिक सहायता प्रदान गरेको छ ।
नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४९ लाख सहयोग गरेको हो ।
बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको जनाएको छ ।
यस्तै बैंकले महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए ।
बैंकले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।
कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले सिटिजन्स बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।
साथै बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । हरेक ए.टि.एम मा पर्याप्त मात्रामा नगद रहेको समेत बैंकले जनाएको छ ।