खैरहनीको वडा वडामा सुरक्षित मातृत्व अभिमुखीकरण

माघ १५, चितवन । खैरहनी नगरपालिकाले प्रत्येक वडालाई लक्षित गर्दै सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई तीव्र पारेको छ । प्रजनन स्वास्थ्यमा सवैलाई समान दायित्ववोध गराउन नगरपालिकाको स्वास्थ्य शाखाले नगरको प्रत्येक वडालाई केन्द्रित गर्दै कार्यक्रम गरिरहेको छ ।   

वडाका टोल विकास संस्था,महिला स्वास्थ्य स्वयम सेविका,जनप्रतिनिधी,महिला स्वस्थ आमा समुहका प्रतिनिधीहरुलाई भेला गराएर प्रजनन स्वास्थ्यका बारे जानकारी गराईरहेको स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले वताए । शर्माका अनुसार खैरहनीको ९,१२ र १३ नम्वर वाड वाहेक अन्य वडाका कार्यक्रम सम्पन्न भईसकेका छन् ।   

बुधवार खैरहनी वडा नम्वर १० र ११ लाई केन्द्रित गर्दै कार्यक्रम भएको छ । खैरहनी १० का वडा अध्यक्ष कारीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले वाल स्वास्थ्य,किशोर स्वास्थ्य र पोषणका बारे,सुत्केरी अवस्था,नवजात शिशु स्याहार र उत्तर प्रसुती सेवाका बारे सुमदाय नर्सिङ अधिकृत पुजा गिरीले सहजीकरण गरेकी थिईन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *