प्रदेशसभा सचिवमा गोपालप्रसाद पराजुली नियुक्त

 

बैशाख १२, विराटनगर । प्रदेश नं १ को प्रदेशसभा सचिवमा गोपालप्रसाद पराजुली नियुतm भएका छन् । उनले बिहीबार पद तथा गोपनियताको सपथ समेत लिएका छन् । 

नवनियुक्त सचिव पराजुलीलाई बिहीबार प्रदेश सभा सचिवालयले आयोजना गरेको सपथ ग्रहण समारोमा सभामुख भण्डारीले सपथ ग्रहण गराएका हुन्  । 

null

बैशाख ९ गते बसको प्रदेश १ को मन्त्री परिषद् बैठकले उनलाई प्रदेश सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

संघिय सरकारको उपसचिव तहका पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको रुपमा कार्यरत थिए । उनको सेवा अवधि अझै ५ महिना बाँकी रहेको थियो । संघिय सरकारबाट राजीनामा स्वीकृत भएपछि प्रदेश सभा सचिवालयले उनलाई सपथ ग्रहण गराएको हो । 

उनी प्रदेश १ को प्रदेशसभा सचिवालयमा ५ वर्षे कार्यकालको लागी नियुक्त भएका हुन् । सभामुखको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा सचिवको नियुक्त गर्ने व्यवस्था रहेको छ । 

एक साताअघि मात्र प्रदेशसभा १ को बैठकले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको थियो । विधेयक पारित भएसँगै प्रदेश सरकारलाई प्रदेशसभा सचिवालयको सचिव नियुक्त गर्न बाटो खुलेको हो । 

प्रदेशसभा सचिवालयको सचिवमा नियुतm भएका पराजुलीपनि प्रदेशको प्रमुख सचिवको श्रेणी, हैसियत र बराबर सुविधा प्राप्त गर्नेछन् । अहिले निजामति तर्फका उपसचिवले प्रदेशसभाको नेतृत्व गरिरहेका थिए । 

सचिवले प्रदेशसभा सचिवलाई प्रशासकीय काममा सहयोग गर्ने, वार्षिक बजेट, कार्यक्रम र योजना तयार पारी सचिव समक्ष पेश गर्ने, सचिवालयको चल अचल सम्पत्तिको रेखदेख स्याहार र सम्भार गर्ने, आफू मातहतका महाशाखा अन्तर्गतका कर्मचारीह?को कामको सुपरीवेक्षण, अनुगमन र मूल्यांकन गर्ने, सचिवको निर्देशनअनुसार अन्य काम गर्ने काम कर्तव्य र अधिकार तोकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *