आन्तरीक पर्यटक तान्न सौराहा फुड फेस्टिवल

माघ १५, चितवन ।    नेपालकै तेश्रो पर्यटकीय नगरी सौराहामा यही माघ अन्तिम साता फुड फेस्टिवल आयोजना हुने भएको छ ।  प्रेम दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल रेवान सौराहाको आयोजनामा  माघ २८ गतेदेखी फागुन ३ गते सम्म फेस्टिवल हुन लागेको हो । सिसुवार मैदानमा हुने १४ औं संस्करणको फेस्टिवलका बारे आयोजकले बुधवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।   

फेस्टिवलमा स्थानीय तथा विदेशी खानाका ४० वटा स्टल रहने छ । त्यस्तै स्थानिय कला , संस्कृति , भेषभुषाको जर्नेनाका लागी फेस्टिवल केन्द्रीत रहेको फेस्टिवलका संयोजक ध्रुव गिरीले बताए । फेस्टिवल अवधिभर सौराहाको ड्यामदेखी फेस्टिवलस्थल सम्म बिबिध झाकी प्रस्तुत गरिने संयोजक गिरीले बताए ।  बिबिध खेलकुद कार्यक्रम , प्रेम पत्र लेखन प्रतियोगिता , सडक नाटक आयोजना गरिने उनले जानकारी दिए ।   

हरेक वर्ष आयोजना हुने फूड फेष्टिवललाई यस वर्ष भ्रमण वर्षसंग केन्द्रीत गरेर तयारी गरिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले बताए । अन्य दिन निशुल्क प्रवेश भएपनि फागुन २ गते प्रेम दिवसका दिन  टिकटको व्यवस्था गरिएको छ । टिकटको ७५ प्रतिशत रकम गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ । करिब साढे दुई करोडको कारोबार हुने अनुमान गरिएको फुड फेष्टिवलमा दैनिक १५ हजार जति दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताए । 

फेस्टिवल अवधिभर रेवानले सौराहामा छुटको व्यवस्था गरेको छ । रेवानमा आबद्ध रेष्टुरेन्टमा १५ प्रतिशत , होटलमा ३० प्रतिशत र साना पर्यटन व्यवसायमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ । फेस्टिवलको हरेक दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक समिति संयोजक नविन नेपालले बताए ।   सौराहामा आन्तरिक पर्यटक बढाउन फूड फेष्टिबल , हात्ती महोत्सव आयोजना गरिदैँ आएको छ ।  रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पर्यटन प्रर्वधनमा हात्ती महोत्सव, फुड फेस्टिवलले टेवा पुर्याउँदै आएको बताए ।  सौराहामा पर्यटन प्रर्वधनकै लागि वछौलीका थारु गाउँहरुमा साईकिलिङको व्यवस्था गर्न लागिएको मेयर वनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *